• २०८१ बैशाख ७ शुक्रबार

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

kharibot

कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । 

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । 

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउछन्  । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै