• २०८१ बैशाख १३ बिहीबार

सरकारलाई गम्भीर बन्न काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिको सुझाव

kharibot

फाइल तस्विर।

विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । 

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए  । उनले भने , “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ” 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै