टिकेन नेप्सेमा अधिल्लो दिनको बृद्धिदर, कारोवार रकममा सामान्य बृद्धि 

खरीबोट

काठमाडौं। अघिल्लो दिन सुधार देखिएको सेयर बजार आज सोमबार भने घटेको छ । नेप्से सुचक आज एक दसमलव ९८ अंकले घटेर १२ सय ५४ दसमलव ४१ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव २८ अंकले घटेर दुुई सय ६५ बिन्दुुमा झरेको छ । 

नेप्सेमा आज कुुल एक सय ४१ कम्पनीहरुको तीन हजार चार सय ९९ वटा कारोवारमा सात लाख ३० हजार तीन सय ९९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ करोड ९८ लाख ७८ हजार नौ सय ९० रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटै समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचकमा गिरावट देखिए पनि तीन वटा समुहको सुचकमा सुधार देखिएको छ । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव छ अंकले घटेर ११ सय पाँच दसमलव ३४ बिन्दुमा झर्दा ११ करोड १७ लाख २५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि चार दसमलव ६६ अंकले घटेर १३ सय ४९ दसमलव १४ बिन्दुुमा झर्दा ७२ लाख ४६ हजार एक सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यि बाहेक टे«डिङ, निर्जिवन बीमा, उत्पादनमुुलक, अन्य, लघुबित्त र जीवन बीमा समुहको सुचक पनि क्रमश एक दसमलव ६९, २९ दसमलव दुुई, ६२ दसमलव छ, शुन्य दसमलव सात र शुन्य दसमलव ५५ अंकले घटेकाछन । कमाउने समुहको सुचीमा परेको बिकास बैंक समुहको सुचक भने सात दसमलव १४ अंकले बढेर १४ सय ९७ दसमलव ४८ बिन्दुुमा चढ्दा ८१ लाख ९३ हजार छ सय ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी होटल र फाईनान्स समुहको सुचक पनि क्रमश २१ दसमलव ९४ र शुन्य दसमलव ३२ अंकले बढेकाछन ।  कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा परेको नेपाल सेवा लघुुबित्त बित्तीय संस्थाको सेयर मुल्य तीन रुपैयाँ ९५ पैसाले बढेर छ सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको सेयर मुल्य चार रुपैयाँ ५० पैसाले घटेर १४ सय ४२ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा भने अग्रस्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड २५ लाख ८९ हजार दुुई सय ७६ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित समाचार

नेप्सेमा २० दसमलव ३३ अंकले बृद्धि, सबै सुचक हरियो 

काठमाडौ । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से उच्च अंकले बढेको छ ।  आज नेप्से २० दसमलव ३३ अंकले बढेर ११ सय ६३ दसमलव २६ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स

अर्थमन्त्रीको राजीनामा माग्दै पूँजी बजारका लगानीकर्ताहरुद्वारा आन्दोलनको घोषणा  

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।   पूँजी बजारको बिग्रो अवस्थालाई मध्ये नजरमा राखेर सरोकार पक्षहरुले ''सुधार र बिस्तारको लागि अर्थमन्त्री

नेप्सेमा सामान्य सुधार 

काठमाडौँ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्सेमा झण्डै एक अंकको बृद्धि देखिएको छ । नेप्से आज शुन्य दसमलव ९४ अंकले बढेर ११ सय २८ दसमलव ७१ बिन्दुमा चढ्दा

नेप्से ११२७ दसमलव ७७ बिन्दुमा : साताभर ९७ करोड ९१ लाखको मात्र सेयर बिक्री

काठमाडौं । धितोपत्र बजारमा यो साता कुल एक सय ६८ कम्पनीहरुको १८ हजार नौ सय ५२ वटा कारोवार भएकाछन । जसअनुसार ३६ लाख एक हजार दुई सय ३४ कित्ता सेयर


z