उद्योगमन्त्री यादव जेनेभामा

खरीबोट

फाइल तस्विर।

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन  । 

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रुपमा आयोजना गरेको लगानी मञ्चमा उनले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभास्थित राष्ट्रसङ्घीय र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘भूपरिवेष्टित अल्पविकसित देशमा वैदेशिक लगानी प्रवद्र्धन’ विषयको गोलमेच बैठकलाई सम्बोधन गर्नेछन । 

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाका  अनुसार दिगो विकासका लागि महिला विकासः उद्यमशीलता तथा लगानी परिदृष्य रुपान्तरणका निम्ति महिलाको आर्थिक सशक्तीकरण’ विषयको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुनुहुनेछ । आजदेखि शुरु भएको विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको उक्त नियोगले जनाएको छ । 
 

सम्बन्धित समाचार

उद्योगमन्त्री यादव जेनेभामा

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन  ।  व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड

उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित : उद्योगमन्त्री यादव

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन् । लघु, घरेलु तथा साना उद्योगको वर्तमान


z