• २०८१ बैशाख ८ शनिबार

पहिलो टी-२० मा अस्ट्रेलियासँग युएइ पराजित 

kharibot

काठमाडौँ।  अस्ट्रेलियाले युएइविरुद्को पहिलो टी-२० क्रिकेटमा ७ विकेटको जित हासिल गरेको छ। युएइदिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो। 

अस्ट्रेलियाका लागि ओपनर ओपनर डिआर्ची शर्टले सर्वाधिक ६८ रन बनाए भने क्रिश लियोनले २०, ग्लेन म्याक्स वेलले १८ रन बनाएका थिए। युएइका आमिर ह्यातले २ तथा इमरान हैदरले एक विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिला ब्यटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११७ रन बनाएको थियो। युएइका लागि साइमन अनवरले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै मोहमद नाभेदले २७, रमीज शाहजादले २२ तथा चिराग सुरीले १३ रन बनाएका थिए। अस्ट्रेलियाका कल्टलर नेल र स्टानलेकले २-२ विकेट लिएका थिए। 

गत मार्चमा नेपालसँगै एकदिवसीय मान्यता पाएको युएइले अस्ट्रेलियासँग पहिलो पटक टी-२० खेल खेल्ने मौका पाएको हो।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै