पोखरा प्रिमियर लिग : धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

खरीबोट

काठमाडौँ। यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । 

धनगढीले इङ्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी बलर उमेद आसिफलाई टोलीमा भित्र्याएको धनगढी ब्लुजका मुख्य लगानीकर्ता व्यवसायी सञ्जीव शर्माले जानकारी दिए । प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउनेछन् । 

पिपिएलमा धनगढीले कात्तिक १० गते काठमाडौँ रोयल्स, कात्तिक ११ गते विराटनगर टाइटन्स, कात्तिक १४ गते चितवन राइनोज, कात्तिक १५ गते बुटवल ब्लास्टर्स र कात्तिक १६ गते पोखरा पल्टनसँग खेल्नेछ । 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । 

यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । यसअघि प्रतियोगितामा भाग लिनेछ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । 

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । 

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनले जित्यो

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि पोखरा पल्टनले जितेको छ । आज भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि घरेलु टिम पोखराले जितेको हो . चितवन

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको विजयी सुरुवात

काठमाडौँ। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । पोखराले दिएको १९८

नेपाल कै ठुलो घरेलु टी-२० लिग पोखरा प्रिमियर लिग आजदेखि सुरु

काठमाडौँ।  नेपालमा अहिलेसम्म कै ठुलो टी-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) आजदेखि पोखरामा सुरु हुदै छ।  विभिन्न छ वटा टीमले भाग लिने यस प्रतियोगिता आज देखि सुरु भएर कार्तिक २०

पोखरा प्रिमियर लिग बन्यो सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता 

काठमाडौं। शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम वृद्धि गरिएको छ । रकम वृद्धि गरेसँगै सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता बनेको छ।  यसअघि उपाधि विजेताले २५ लाख


z