• २०८१ बैशाख १४ शुक्रबार

सन्दीप अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टारबाट खेल्ने 

kharibot

काठमाडौँ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइपीएल पछि बिश्वकै दोश्रो चर्चित अष्ट्रेलियाको घरेलु टी-२० प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टारबाट खेल्ने भएका छन्। अस्ट्रेलियाको बिग ब्यास लिगमा खेल्ने सन्दीप पहिलो नेपाली तथा एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरुहुँदै छ।

गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दीप विश्वभरका ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टी-२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि-१० लिगका लागि समेत छनौट भएका छन्।
अष्ट्रेलियाको घरेलु टी-२० प्रतियोगिता बिग ब्यासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। सन्दिपले बिग ब्यास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।

बिग ब्यास लिग खेले बापत सन्दीपले कति पैसा पाउनेछन् भने सार्वजनिक गरिएको छैन।

सन्दीपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

पछिल्लो समयमा सर्वाधिक सफल नेपाली क्रिकेटर बन्नेक्रममा सन्दिपले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट अन्तर्राष्ट्रिय फ्रेनचाइज क्रिकेट यात्रा सुरु गरेका थिए। नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दीप  छानिएका थिए।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै