• २०८१ बैशाख ६ बिहीबार

नेप्से आज पनि घट्यो : दुुई दसमलव सात अंकले घट्दा झण्डै २० करोडको कारोवार 

kharibot

काठमाडौं। साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से दुुई दसमलव सात अंकले घटेर १२ सय ४१ दसमलव ८४ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ५४ अंकले घटेर दुुई सय ६४ दसमलव ४६ बिन्दुुमा झरेको छ ।

एक सय ५५ कम्पनीहरुको तीन हजार चार सय एक वटा कारोवारमा आठ लाख ४२ हजार एक सय ९६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम १९ करोड ८७ लाख ७५ हजार आठ सय ३४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार हुुंदा सात वटा समुहको सुचक घटेकाछन भने दुुई वटा समुहको सुचक बढेकाछन । यसबिचमा होटल समुहको सुचक भने स्थिर देखिएको छ ।

बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९५ अंकले घटेर ११ सय चार दसमलव २८ बिन्दुुमा झर्दा १२ करोड ५८ लाख ६३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि छ दसमलव ९३ अंकले घटेर १४ सय ९० दसमलव ५५ बिन्दुुमा झर्दा एक करोड १६ लाख ५० हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ७७ दसमलव ६४ अंकले घटेर पाँच हजार छ सय ७६ दसमलव ५८ बिन्दुुमा झर्दा एक करोड २० लाख १४ हजार दुुई सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यि बाहेक जलबिद्युत, अन्य, लघुबित्त र जीवन बीमा समुहको कारोवार सुचक पनि क्रमश तीन दसमलव ५७, पाँच दसमलव ३६, आठ दसमलव  ३९ र ३५ दसमलव आठ अंकले घटेकाछटन । फाईनान्स समुहको सुचक भने चार दसमलव ३६ अंंकले बढेर छ सय २१ दसमलव ५६ बिन्दुुमा चढ्दा घद्द लाख २१ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने उत्पादनमुुलक समुहको सुचक ३१ दसमलव ६२ अंकले बढेको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा परेको युुनाईटेड फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ८२ पैसाले बढेर एक सय ७९ रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा परेको समता माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ १६ पैसाले घटेर १४ सय २६ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको  प्रभुु बैंकको भने प्रतिकित्ता दुुई सय ५३ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ३७ लाख ६४ हजार नौ सय ३८ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै