• २०८१ बैशाख ८ शनिबार

पोखरा प्रिमियर लिग : चितवन राईनोजले दुई भारतीय खेलाडी भित्र्यायो 

kharibot

काठमाडौँ।  पोखरा कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिग (पिपिएल) का लागि चितवन राईनोजले दुई भारतीय खेलाडी भित्राएको छ ।

कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको हो । दुबै खेलाडीले भारतकाे स्थानीय प्रतियाेगिताका साथै सन्नी पटेलले काठमाडाैमा भएकाे इपीएल खेलेका थिए ।

पीपिएलका लागि चितवन टिम अाज पाेखरा पुगेकाे छ । उसले अाज खेल हुने मैदानमा अभ्यासपनि गरेकाे छ । प्रतियाेगिताका लागि अन्य टिम पनि पोखरा पुग्ने क्रमजारी  रहेको छ ।

६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेता २५ लाख रूपैयाँ पाउनेछन । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कार्तिक २० सम्म संचालन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै