अन्नपूर्ण पदमार्गमा फ्रान्सेली नागरिकको मृत्यु

खरीबोट

फाइल तस्बीर

बेंसीशहर। चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ । बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

नासो गाउँपालिका–१ सिरानतालबाट मस्र्याङ्दी नदी किनारामा खस्दा गोरको मृत्यु भएको प्रहरीले अनुमान लगाएको छ । मर्स्याङ्दी नदी किनारामा मंगलबार दिउँसोे गोरको शव फेला परेको थियो ।

घटनाका बारेमा स्थानीयवासीले खबर गरेपश्चात् घटनास्थलमा पुगी गोरको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । गोरको मृत्युको कारण पुष्टि भएको छैन भने शवपरीक्षणका लागि कहाँ लगिने भन्ने विषयको टुङ्गोसमेत लाग्न नसकेको उनले बताए । 

सम्बन्धित समाचार

अन्नपूर्ण पदमार्गमा फ्रान्सेली नागरिकको मृत्यु

बेंसीशहर। चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ । बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।  नासो


z