पृथ्वी राजमार्गमा दुर्घटना घटाउन रबरको स्पीड ब्रेकर

खरीबोट

धादिङ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । 

राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न शुरु गरिएको होे । पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । यसरी राखिएको स्पिड ब्रेकरमा सवारी साधन आइपुगेपछि सवारी चालकले स्पिड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने प्राविधिकको विश्वास छ । सो स्पिड ब्रेकर सवारी दुर्घटना अत्यधिक हुने घुम्तीको तीन सय मिटर अगाडिदेखि राखिएको छ । 

स्पिड ब्रेकरमा आएपछि चालक आफैँ जानकार भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पिड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । मुग्लिन– नरायणघाट सडक खण्डमा पुलको नजीक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीमा यस्तो प्रविधिको प्रयोग गरिएको छ । यसका साथै राजमार्गका संवेदनशील क्षेत्रमा ट्राफिक चिह्नलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ । 

अहिले परीक्षणका रुपमा नौबीसे –मौवाखोला सडक खण्डमा पर्ने घाटबेंसी र हुग्दी खोलाको घुम्तीमा स्पिड ब्रेकर राखिएको छ । पृथ्वीराजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

मोरङमा दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दाङ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको

काभ्रेमा ट्रकको ठक्करबाट एकको मृत्यु

काभ्रेपलाञ्चोक । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ ।  बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख

होली मनाउने क्रममा रुपन्देहीमा दुर्घटना हुँदा दुईको मृत्यु

रुपन्देही । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा विहिबार दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको


z