• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिडको प्लजेनविरुद्ध संघर्षपूर्ण जित, म्यानेजर लोपेटेगुइ संकटमा 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस जाइन्ट रियल म्याड्रिडले चेक रिपब्लिकको क्लब भिक्टोरिया प्लजेनविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको च।  गएराती भएको खेलमा रियलले प्लजेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

रियलको जितमा मार्सेलो र करिम बेन्जामाले एक एक गोल गरेका थिए भने प्लजेनक लागि एक गोल ह्रोसोभोस्किले गरेका थिए। जितसँगै रियलले समुह जीमा ३ खेलमा २ खेलमा ६ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहेको छ भने प्लजेनको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

रियलका बेन्जामाले च्याम्पियन्स लिगमा लगातार १४ सिजन गोल गर्दै लियोनेल मेसी र राहुलको रेकर्डको बराबरी गरेका छन्। 

रियल म्याड्रिडको जितका बाबजुत क्लबमा यस सिजनमा खराब प्रदर्शनको आलोचना भइनै रहेको छ। यसैबीच रियलले आफ्ना म्यानेजर जुलेन लोपेटेगुइलाई हटाएको खबर आएको भएपनि रियलले आगामी आइतबारको एल क्लासिकोमा लोपेटेगुइनै म्यानेजर हुने रियलले स्पष्ट पारेको छ।  मिडिया रिपोर्टका अनुसार रियलले बार्सिलोनाविरुद्ध हार बेहोरे म्यानेजर लोपेटेगुइलाई फायर गर्ने निश्चित रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै