शख्तर डोनेट्स्कविरुद्ध म्यानचेस्टर सिटीको सहज जित 

खरीबोट

काठमाडौँ।  म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातर जित हासिल गरेको छ।  गएराती भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेट्स्कलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले समुह एफमा लगातार तिन जित हासिल गरेको छ। 

सिटीको जितमा डेभिड सिल्भा, एइमोरिक लपोर्टे र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए। सिटीका डेभिड सिल्भाले आफ्नो क्यारियरमा पहिलो पटक च्याम्पियन्स लिगमा लगातर तिनै खेलमा गोल गरेका छन्।

यो जितसँगै शख्तरविरुद्ध युरोपियन प्रतियोगितामा उसको घरेलु मैदानमा जित हासिल गर्ने सिटी पहिलो प्रिमियर लिग क्लब बनेको छ। यसअघि खेलेका सात खेलमा शख्तरले ५ जित र २ बराबरी खेलेको थियो।

सिटीले अब प्रिमियर लिगमा आगामी सोमबार टोटनह्यामको सामना गर्दै छ।      
 

सम्बन्धित समाचार

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । लिभरपुलको जितमा मोहमद सलाह


z