भारतीयलाई नागरिकता दिन खोज्न वडा अध्यक्षसहित ४ जनाविरुद्ध उजुरी

खरीबोट

सप्तरी। भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । 

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । 

पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ । 

साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो । संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए । 
 

सम्बन्धित समाचार

दोहोरो नागरिकता लिने महिला पक्राउ

इनरुवा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् ।  विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी

गैरआवासीय नेपालीले नेपालीसरह नागरिकता दिन माग

काठमाडौँ। गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् ।  प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा गैरआवासीय नेपाली संघका प्रतिनिधिले नागरिकता दिने व्यवस्थालाई सहज र

विभिन्न कारण नागरिकता नपाएका बच्चालाई नागरिकता दिनुपर्नेमा जोड 

काठमाडौं । विभिन्न कारणले जन्मिएका बच्चालाई नागरिकता प्राप्ति सहज र सरल ढंगले गर्न पाउनुपर्नेमा जोड दिइएको छ । नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न राजधानीमा बिहीबार

नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ

धनुषा। नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।  पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला


z