• २०८१ बैशाख ११ मंगलबार

आमिर खानले बरुणलाई रिजेक्ट गरेको खुलासा 

kharibot

मुम्बई । पछिल्लो समय बलिवुडमा सफलताको शिखरमा चढी रहेका अभिनेता बरुण धवनको नयाँ फिल्म जुड्वा-२ छिट्टै रिलिज हुदै छ ।

उनको पछिल्लो फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो तर उनि बरुणका बारेमा एक नयाँ कुरा खुलासा भएको छ ।

बरुण धवनलाई बलिवुडका 'मिस्टर परफेक्शनिस्ट' आमिर खानले कुनै समय रिजेक्ट गरेका थिए । खासमा बरुणले एक फिल्मको लागि अडिशन दिएका थिए, जसमा आमिरले बरुणलाई रिजेक्ट गरेका थिए ।

आमिर खानको प्रोडक्सनमा बनेको फिल्म ‘धोवि घाट’ का लागि बरुणले अडिशन दिएका थिए । आमिरकी पत्नी किरण रावले निर्देशन गरेको सो फिल्ममा पछि प्रतिक बब्बरलाई लिइएको थियो ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै