• २०८१ बैशाख १२ बुधबार

नार्कका मजदुर आन्दोलित

kharibot

बाँके । ज्याला वृद्धिको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नार्कमा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।

सरकारले तोकेको न्यूनतम तलब पारिश्रमिक नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भएबमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु ३७५ मात्र पाउँदै आएको बताए ।

राजपत्रमा दैनिक ज्याला न्यूनतम रु ५१७ उल्लेख छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक डा. दिनेश यादवका अनुसार मजदुरको माग माथिल्लो तहमा पठाइएको छ । सो केन्द्रमा झण्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै