• २०८१ बैशाख ८ शनिबार

विराट कोहलीले बनाए एकदिवसीय क्रिकेटमा १० हजार रन, तोडे सचिनको यो रेकर्ड 

kharibot

काठमाडौँ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा १० हजार रन बनाएका छन्।

वेस्टइन्डिज विरुद्धको दोस्रो एकदिवसीय खेलमा ८१ रन बनाएपछि कोहलीले आफ्नो १० हजार रन पुरा गरेका हुन्। यसअघि कोहलीले २१२ एकदिवसीय खेलको २०४ पारीमा ९९१९ रन बनाएका थिए। कोहलीले २१३ खेलको २०५ पारीमा आफ्नो १० हजार रन पुरा गरेका हुन्। 

योसँगै कोहलीले सबै भन्दा कम खेलमा १० हजार रन पुरा गर्ने खेलाडी बनेका छन्। कोहलीले यसअघि सचिनले बनाएको २५९ पारीमा बनाएको १० हजार रनको रेकर्डलाई तोड्दै २०५ पारीमा आफ्नो १० हजार रन पुरा गरेका छन्।

कोहली १० हजार रन बनाउने विश्वका १३औ खेलाडी बनेका छन् भने भारतका सचिन तेदुलकर, सौरभ गांगुली, राहुल द्रभिड र महेन्द्रसिंह धोनी पछि एक दिवसीय क्रिकेटमा १० हजार रन बनाउने पाचौ खेलाडी बनेका छन्। 

त्यस्तै एकदिवसीय खेलमा यी ५ भारतीय खेलाडी बाहेक, अस्ट्रेलियाका रिक्की पोंटिङ, श्रीलंकाका सनथ जयसूर्य, कुमारा संगकारा, तिलक रत्ने दिलसान र महिला जयवार्धने, पाकिस्तानका इन्जमाम उलहक, वेस्ट इन्डिजका ब्रायन लारा र दक्षिण अफ्रिकाका ज्याक कालिसले एक दिवसीय क्रिकेटमा १० हजार बनाएका छन्।    
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै