• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिगमा पिएसजी संघर्षरत, एन्जल डि मारियाले गोल गर्दै अंक खोसे 

kharibot

काठमाडौँ। घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेको फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगमा यस सिजनमा पनि संघर्ष गरिरहेको छ।  

गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब नापोलीविरुद्धको खेलमा एन्जल डि मारियाको अन्तिम मिनेटको गोल पछि खेल २-२ गोलको बराबरी गर्दै एक अंक हासिल गर्न सफल भएको छ। खेलका बाँकी तीन गोल बहने नापोलीका खेलाडीले गरेका थिए।  

पिएसजीका लागि नापोलीका मारिओ रुइले आत्मघाती गोल गरिदिएका थिए भने इन्जुरी समय (९३औ मिनेट) मा मारियाले गोल फर्काएका थिए।  त्यस्तै नापोलीका लागि लोरेंजो इन्साइन र ड्राइज मेर्टेन्सले एक एक गोल गरेका थिए। 

यो बराबरी पछि पिएसजीको समुह सी मा ३ खेलमा केवल ४ अंक रहेको छ भने समुहमा पिएसजी तेस्री स्थानमा रहेको छ।  त्यस्तै नापोली यो बराबरीपछि ३ खेलमा ५ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ। 

पिएसजीले अब अर्को खेल लिग वान अन्तर्गत आफ्नो पुरानो प्रतिद्वन्दी मार्सेलीको सामना गर्दै छ भने नापोलीले इटालियन सिरी ए अन्तर्गत एएस रोमाविरुद्ध खेल्दै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै