• २०८१ बैशाख १३ बिहीबार

मेसी बिना बार्सिलोनाको इन्टरमिलानमाथि सहज जित 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टर मिलानलाई सजिलै पराजित गरेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले इन्टरमाथि २-० को सहज जित निकाल्दै अहिलेसम्म खेलेका तिनै खेलमा जित निकाल्न सफल भएको छ। 

आफ्ना स्टार खेलाडी तथा कप्तान लियोनेल मेसी बिना मैदानमा उत्रिएको बार्सिलोनाले जोर्डी अल्बा र रफिन्हाकोगोल को मद्धतले जित हासिल गरेको थियो। रफिन्हाले खेलको ३२औ मिनेटमा गोल गरेका थिए भने अल्बाले खेलको ८३औ मिनेटमा गोल गरेका थिए।

हात भाचिएर केहि साता मैदान बाहिर रहेका मेसीको अनुपस्थितिमा बार्सिलोनाको यो जितले आउदो आइतबार हुने ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। ब्राजिलियन युवा खेलाडी राफिन्हाले च्याम्पियन्स लिगमा १८ खेलमा आफ्नो पहिलो गोल गरेका छन्। 

जितसँगै बार्सिलोना समुह बि मा ३ खेलमा ९ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने इन्टर ३ खेलमा ६ अंकका साथ् दोस्रो स्थानमा रहेको छ।

बार्सिलोनाले अब अर्को खेल आइतबार ला लिगा अन्तर्गत रियल म्याड्रिडसँग खेल्ने छ भने इन्टरसँग अब रिटर्न लिग अन्तर्गत नोभेम्बर ६ मा च्याम्पियन्स लिगको खेल खेल्ने छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै