• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित, सलाहले गरे क्लबका लागि ५०औ गोल 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले सर्बियाको क्लब रेड स्टारबेलग्रेडलाई ४-० गोल अन्तरले पराजित गरेको छ। गएराती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेड स्टारमाथि सहज जित हासिल गरेको हो। 

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरे भने रोबर्ट फिर्मिनो र साडियो मानेले एक एक गोल गरेका थिए। यो जितसँगै समुह सी मा लिभरपुलले ३ खेलमा २ मा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। रेड स्टारको भने ३ खेलामा केवल एक अंक रहेको छ। 

यस खेलमा २ गोल गर्दै मोहमद सलाहले लिभरपुलका लागि ६५ खेलमा ५० गोल गरेका छन्। लिभरपुलले गत बर्षदेखि अहिलेसम्म च्याम्पियन्स लिगमा सबै भन्दा धेरै कुल ४८ गोल गरेको छ जबकि रियल म्याड्रिडले ३८ गोल मात्र गरेको छ । 

लिभरपुलले अब अर्को खेल प्रिमियर लिग अन्तर्गत कार्डिफ सिटीसँग खेल्ने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै