• २०८१ बैशाख ७ शुक्रबार

फेसबुकले हटायो बालबालिकाका ८७ लाख नग्न तस्बिरहरु 

kharibot

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकले ८७ लाख वटा बालबालिकाका नग्नतासम्बन्धी तस्बिरहरु हटाएको जनाएको छ । कम्पनीले तीन महिना अवधिमा मात्रै उक्त तस्बिर हटाइसकिएको जानकारी दिएको हो । 

कम्पनीले जनाएअनुसार यस्ता यौनसँग सम्बन्धित बालबालिकाका तस्बिरहरु हटाउने सफ्टवेयर विकास गरेर यस्तो कदम चालिएको हो । उक्त सफ्टवेयर पहिले नै राखिएको भए पनि अहिले मात्र सार्वजनिक गरिएको हो ।

त्यस्तै कम्पनीको अर्को प्रोग्रामले समेत यस्ता तस्बिरहरु खोज्ने बताइएको छ । हटाइएका तस्बिरहरुमा ९९ प्रतिशत तस्बिर कसैले उजुरी गर्नुअघि नै हटाइएको फेसबुकले जनाएको छ । गत वर्ष यस किसिमका तस्बिरलाई लिएर चर्को आलोचना खेप्नुपरेका कारण कम्पनी सक्रिय भएको हो । 

त्यस्ता तस्बिरहरु फेसबुकका गोप्य ग्रुपहरुमा सेयर गर्ने गरिएको पनि कम्पनीले खुलासा गरेको छ । बाल यौन दुराचारीका एकाउन्ट फेसबुकले अझै ब्लक नगरिसकेको भन्दै आलोचना बढ्दै गएको अवस्थामा फेसबुकले उक्त तस्बिर हटाएको जानकारी दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै