• २०८१ बैशाख १२ बुधबार

अपहरणमा परेको तीन वर्षपछि जापानी पत्रकार सिरियाबाट रिहा

kharibot

फाइल तस्बिर ।

टोकियो / जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त भएका छन् । 

जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उडेको  जनाएको छ । 

यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता हुनु भएको थियो । उनलाई लामो समयसम्म कहाँ राखिएको थियो भन्ने बारेमा पत्ता लागेको थिएन । 

जापान सरकारले उहाँ सुरक्षित रहनु भएको बुधबार जानकारी दिएको थियो । उनी बिहीबार अबेर राति जापान फर्किने एनएचकेले जनाएको छ । 

जापान फर्किन पाएकोमा आफूलाई निकै खुशी लागेको उनले बताएका छन् । ४४ वर्षीय यासुदाले तत्काल आफूले के गर्ने भन्ने प्रष्ट नभएको बताएका छन्  । 

मुक्त गरिएपछि एक कारबाट सिरियाको सीमा क्षेत्रमा लगिएको र त्यहाँ टर्कीका अधिकारीहरुलाई जिम्मा लगाइएको यासुदाले एनएचकेलाई बताएका छन्  । 

बुधबार जापान सरकारले सिरियाली आतङ्ककारीहरुले मुक्त गरेका व्यक्ति यासुदा नै भएको पुष्टि गरेको थियो । 

जापानी विदेशमन्त्री तारो कोनोले बुधबार भएको एक पत्रकार सम्मेलनमा यासुदा सुरक्षित रहेका र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै