• २०८१ बैशाख १२ बुधबार

फिफा वरियतामा नेपाल एक स्थान तल, बेल्जियम शिर्ष स्थानमा 

kharibot

काठमाडौँ। फिफा वरियतामा नेपालको अवस्था एक स्थान तल झरेको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६१औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६०औँ स्थानमा थियो । नेपालले पछिल्लो पटक बंगबन्धु कप खेलेको थियो, जसमा खेलेका दुवै खेलमा पराजित भएको थियो। 

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७औ र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्का क्रमशः १८८ १९४, १९९ र २०१औँ स्थानमा छन् । 

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम शिर्ष स्थानमा कायमै छ भने अघिल्लो महिना बेल्जियमसँग संयुक्त रुपमा शिर्ष स्थानमा रहेको फ्रान्स एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ।  तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा इङल्याण्ड रहेको छ । 

यस्तै एक स्थान तल झर्दै उरुग्वे छैठौ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै