• २०८१ बैशाख १४ शुक्रबार

यू–१५ साफको पहिलो खेलमा माल्दिभ्समाथि नेपालको शानदार जित 

kharibot

काठमाडौं। आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ। 

नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा पनि २ गोल नै गरेको थियो । खेलको २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जान लिम्बूले गोलमा परिणत गरेका थिए ।

त्यस्तै खेलको ३५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नामस थापामगरले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

यसैगरी नेपालले ६५औं र ६८औं मिनेटमा गोल गर्दै ४–०ले अग्रता लिएको थियो । त्यसपछि थप गोल हुन सकेन र नेपाल ४–०ले विजयीहुँदै यू –१५ साफ च्याम्पियनिसिपमा विजयी सुरुवात गरेको छ। 

यसअघि आजै भएको उद्घाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गगत शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै