• २०८१ बैशाख ११ मंगलबार

नेपाल कै ठुलो घरेलु टी-२० लिग पोखरा प्रिमियर लिग आजदेखि सुरु

kharibot

क्विन्स इभेन्ट्सको आयोजनामा शुक्रबारदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियर लिगको उद्घाटन समारोहमा सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत । तस्वीर :: रोशन सापकोटा, रासस

काठमाडौँ।  नेपालमा अहिलेसम्म कै ठुलो टी-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) आजदेखि पोखरामा सुरु हुदै छ।  विभिन्न छ वटा टीमले भाग लिने यस प्रतियोगिता आज देखि सुरु भएर कार्तिक २० गतेसम्म चल्ने छ। पिपिएलमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स गरी ६ टिम खेल्दै छन् ।

पिपिएल खेल्ने टिम एक्सपर्ट धनगढ़ी ब्लूजमा दीपेन्द्र सिंह ऐरी, बुटवल बलास्टरमा सोमपाल कामी, पोखरा पल्टनमा शरद भेसावकर, चितवन राइनोजमा पारस खड़का, काठमाडौँ रोयल्समा ज्ञानेन्द्र मल्ल र विराटनगर टाइटनमा सन्दीप लामीछाने मार्की प्लेयर रहेका छन्। यस प्रतियोगितामा समुह चरणमा कुल १५ वटा खेल हुने छन् भने हरेक टिम ५ खेल खेल्ने छ र अंक तालिकामा प्रथम हुने टिम सिधै फाइनलमा पुग्ने छ । त्यस्तै अंक तालिकामा दोस्रो र तेस्रो हुने टिमले इलिमिनेटर खेल खेल्ने छन्। इलिमिनेटर खेल्न जित्ने टिम फाइनलमा पुग्ने छ।  

विदेशी खेलाडी :

यस प्रतियोगितामा केहि विदेशी खेलाडीहरु पनि सहभागी हुदै छन्। जसमा युएइको राष्ट्रिय टिमका कप्तान रोहन मुस्तफा र अर्का खेलाडी चिराग सुरीले बुटवल ब्लाष्टरबाट खेल्दै छन्।  त्यस्तै धनगढ़ी ब्लूजले इङ्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी बलर उमेद आसिफलाई टोलीमा भित्र्याएको छ भने चितवन राईनोजले दुई भारतीय खेलाडी सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको छ। यी मध्ये रोहन मुस्तफा र सन्नी पटेल यसअघि धनगढी प्रिमियर लिग खेलिसकेका छन्।    

ठुलो घरेलु टी-२० लिग :

पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम वृद्धि गरिएको छ । रकम वृद्धि गरेसँगै सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता बनेको छ। यसअघि उपाधि विजेताले २५ लाख पाउने भनिएकोमा २ लाख बढाइएको छ । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक–एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको पनि पहिलो पटक हो ।

यस्तै हरेक खेलको म्यान अफ् द म्याचले १० हजार रुपैयाँ नगद र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्नेले सुबिसुको तर्फबाट वार्षिक प्रिमियम प्याकेज पाउनेछन् भने हरेक खेलमा कम बलमा अर्धशतक प्रहार गर्नेलाई सुबिसुकै तर्फबाट १ वर्षका लागि हाइस्पीड इन्टरनेट सुविधा दिइनेछ ।

खेल तालिका :

आइसीसीको मान्यता :

पिपिएल टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले मान्यता दिएको हो । 

आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ । “हामीले प्रतियोगिता सञ्चालनका लागि आइसिसीमा पत्र पठाएका थियौँ, आइसिसीले हामीलाई मान्यता दिएको छ”, आइसिसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भने ।  

अक्सनमा कुन टिमले कुन खेलाडी कतिमा किने ?

बुटवल ब्लास्टर : सोमपाल कामी (मार्की खेलाडी), सागर पुन (२,५०,०००), ललित भण्डारी २,००,०००), हसिम अन्सारी (५०,०००), मोहमद सांसद सेख  (६०,०००), भिम सार्की (१,५०,०००), हरि चौहान (१,००,०००), सिद्धान्त लोहोनी (१,६०,०००), शंकर राना (८०,०००), पूर्ण बिक (३०,०००), प्रकाश केसी (५०,०००), अभिनाश बोहोरा (१,००,०००), नितेश थापा (३०,०००), विपिन खत्री (३०,०००) 

चितवन राइनोज: पारस खड्का (मार्की खेलाडी), मोहमद आरिफ सेख (२,५०,०००), करण केसी (२,५०,०००), अनिल कुमार शाह (२,५०,०००), भुवन कार्की ( १, ५०,०००), सोनु तामाङ (८०,०००), रामनरेश गिरी (८५,०००), सुमित महर्जन (५०,०००), बिनोद लामा (७०,०००), हरि शंकर शाह (९०,०००), शक्ति गौचन (२,१०, ०००)  

बिराटनगर टाइटन : सन्दीप लामिछाने (मार्की खेलाडी), प्रदीप ऐरी (२, ४०,०००), सुनिल धमला (२,२०,०००), जितेन्द्र मुखिया (७५,०००), दिपेश श्रेष्ठ (९०,०००), शाहब आलम (१,५०,०००), राजेश पुलामी (१,५०,०००), किशोर महतो ( ९०,०००), पुष्प थापा (५०,०००), राजु रिजाल (८५,०००), जितेन्द्र सिंह ठकुरी (७०,०००), रबिन जोशी (३०,०००), हिमांशु दत्ता (५०,०००) ।

धनगढ़ी ब्लूज : दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी) : सन्दीप जोरा ( ९०, ०००), सागर ढकाल (१,३०,०००), दिलिपनाथ (२,४०,०००), रोबिन क्षेत्री ((६०,०००), सन्तोष भट्ट (९०,०००), मन्जित श्रेष्ठ (५०,०००), योगेन्द्र सिंह कार्की (१,१०,०००), सन्दीप सुनार (९०,०००), कमल सिंह ऐरी (१,५०,०००), फिर्दोश अन्सारी (३०,०००), सौरभ खनाल (१,००, ०००), विक्रम ठगुन्ना ( ३०,०००), सन्दीप रजाली (३०,०००) 

पोखरा पल्टन : शरद भेस्वाकर (मार्की खेलाडी), रोहित पौडेल (२,५०,०००), बिनोद भण्डारी (२,५०,०००), ललित राजबंशी (१००,०००), रशिद खान (७०,०००), कृष्ण कार्की ( १,००,०००), कुशल भुर्तेल (१,५०,०००), बिक्रम भुसाल (५०,०००), महबुब आलम (१,६०,०००), असिफ शेख (८०,०००), दिभ्याँशु मालिक (३०,०००), इशान पाण्डे ( ५०,०००)

काठमाडौँ रोयल्स : ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), बसन्त रेग्मी (२,५०,०००), पृथु बास्कोटा (१,२०,०००), पवन सराफ (१,५०,०००), सुशान भारी (१,५०,०००), अमर सिंह रौतेला (१,००,०००), अदिल खान ((५०,०००), नरेश बुढा एयर (२,३०,०००), नन्दन यादव (५०,०००), अमित श्रेष्ठ (१,५०, ०००), सुमित झा (३०,०००)

टिममा कसको लगानी ?

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । त्यसैगरी विराटनगर टाइटन्स टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोलीले गरेको छ भने बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ। 

त्यस्तै पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ। त्यस्तै एक्सपर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्माको छ भने काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा रहेकी छन् । 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै