सडकमै पठनपाठन

खरीबोट

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन् । 

वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको छ वटा कक्षाकोठा र भत्काएपछि करीब ६०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्राधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए । 

दशैँ बिदापछि पहिलो पटक विहिबार विद्यालय खोल्नासाथ उपमहानगरपालिकाको विरोधमा विद्यालय अगाडि नै डेस्कबेञ्च राखेर विद्यार्थीले पठनपाठन गरी विरोध जनाए । विद्यार्थी विरोध गर्दै सडकमा उत्रेपछि शिक्षकसमेत सडकमै दुई घण्टी कक्षा लिएका थिए । 

सडककै छेउमा रहेको विद्यालयका विद्यार्थीले सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न रोगको सिकार हुन थालेकाले विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए । उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो । 

वडा अध्यक्ष रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको विद्यालयका प्रअ यादवले आरोप लगाए । 

वडाअध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताए । यता कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दैै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन् । 

स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए । वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरेका छन् । 

उनका अनुसार विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उनको आरोप छ । तर वडाध्यक्ष महासेठ आफैँ उभेर विद्यालय भवन भत्काउन लगाएको तस्बीर आफूहरुसँग रहेको स्थानीयले बताएका छन् ।  

सम्बन्धित समाचार

विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी

जनकपुरधाम / प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गरेका छन  ।  जानकी मन्दिरद्वारा आज

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

जनकपुरधाम ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ ।  प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा

व्यवसायीलाई गुणस्तर मैत्री हुन मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम । केन्द्रीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गरी संघीयता विरोधी कार्य गरिरहेको प्रति चिन्ता व्यक्त गरिएको छ । प्रदेश नं २ निर्माण व्यवसायी महासंघको कार्यालय उद्घाटनका अवसरमा आज यहाँ आयोजित समारोहमा

जनकपुरधामको सफाइ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । जनकपुर उपमहानगरपालिका क्षेत्रमा सरसफाइ तथा आसपासका पोखरीको संवद्र्धन गर्ने उद्देश्यले ‘जनकपुरधाम सहलगानी डे«नेज आयोजना’ को सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ ।  सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख


z