• २०८१ बैशाख १२ बुधबार

सातामा दुई अर्ब ५४ करोड रुपैयाँको सेयर खरिदबिक्री

kharibot

काठमाडौं । नेपाल स्टक एक्सचेन्ट लिमिटेड (नेप्से) मा यो साता दुई अर्ब ५४ करोड ८१ लाख ८७ हजार दुई सय ६० रुपैयाँको सेयर किनबेच भएका छन् ।

स्टकका अनुसार यो साता एक सय ५९ कम्पनीहरुको १७ हजार एक सय ७१ वटा कारोबारमा ४१ लाख १३ हजार पाँच सय २० कित्ता सेयर किनबेच हुंदा सो परिमाणमा रकम कारोबार भएको हो । 

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये साताको पहिलो र चौंथो दिन कारोबार दिन नेप्से बढेको थियो भने बाँकी दिन नेप्से घटेको थियो ।  

पहिलो कारोबार दिन १२ सय ४६ दशमलव पाँच अंकमा रहेको नेप्से बिहीबार १२ सय ४१ दशमलव ११ बिन्दुमा आएर रोकिएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन आईतबार दुई सय ६५ दशमलव २८ पुगेकोमा अन्तिम कारोबार दिन दुई सय ६४ दशमलव एक अंकमा पुगेको छ ।   

यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रभु बैंकको १६ करोड ८० लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एशिया बैंकको पनि छ करोड ७० लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुमारी, मेगा र एनएमबी भने क्रमश बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् । 

सूचीकरण तर्फ भने यो साता सूर्या लाइफ इन्स्योरेन्स, पोखरा फाईनान्स, गण्डकी बिकास बैंक सहित छ वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै