• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डो र मेसी बिना खल्लो हुदै छ एल क्लासिको !

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा बहुप्रतिक्षित एल क्लासिको आज हुदै छ । स्पेनिस फुटबलको इतिहासमा पछिल्लो ११ बर्षमा पहिलो पटक एल क्लासिको लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बिना हुदै छ । रोनाल्डोले रियल म्याड्रिड छोडीसकेका छन् भने मेसी इन्जुरीका कारण टिम बाहिर रहेका छन्। 

मेसी र रोनाल्डोको प्रतिद्वान्दिताले सधै चर्चामा आइरहेको स्पेनको लिग ला लिगामा अब मेसी र रोनाल्डोको तुलनाको चर्चा केहि सेलाएको भएपनि रोनाल्डोले छोडेपछि रियल म्याड्रिडको टिममा बिग्रेको सन्तुलनले रियल म्याड्रिड साच्चै मुश्किलमा रहेको छ ।

रियल म्याड्रिडको इतिहासमै पहिलो पटक ४८१ मिनेटसम्म रियल गोल हुनुपर्यो, जुन पछिल्लो खेलमा मार्सेलोले गोल गर्दै तोडे । रोनाल्डोको अनुपस्थितिमा ग्यारेथ बेलमाथि विस्वास देखाएको रियलको योजना उनको लगातारको इन्जुरी र खराब प्रदर्शनले बिगारिदिएको छ भने अर्का खेलाडी इस्को र टोनी क्रुजको इन्जुरीले पनि रियलको संकट बढिरहेको छ। यद्यपि क्रुज र इस्को बर्सिलोनाविरुद्ध खेल्न रियलको टिममा रहेका छन्। 

उता बार्सिलोनाले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि सोचे भने  छैन। मेसी अनुपस्थित पछिल्लो खेलमा इन्टर मिलानविरुद्ध २-० को जित निकालेर बार्सिलोनाले यस सिजनको पहिलो एल क्लासिकोमा कब्जा गर्ने योजनामा रहेको छ तर बार्सिलोनालाई मेसीको अनुपस्थिति खड्किने भने निश्चित रहेको छ। 

पछिल्लो ५ खेलका कुरा गर्ने हो भने रियल म्याड्रिडले केवल एक जित हासिल गरेको छ भने एक बराबरी र ३ खेलमा हार बेहोरेको छ। त्यस्तै बार्सिलोनाले भने ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। 

यस खेलमा रियलका लागि ग्यारेथ बेल र क्रिम बेन्जामाको जोडीले आक्रमण गर्ने रणनीतिमा रियल रहेको छ भने बार्सिलोनाले मेसीको अनुपस्थितीमा लुइस स्वरेज, फिलिप कोटिन्हो र इभान राकिटिकले सम्हाल्ने देखिएको छ। 

एल क्लासिकोको कुरा गर्दा यो २३९९ एल क्लासिको हुने छ।  अहिलेसम्म भएका २३८ एल क्लासिकोमा  ला लिगामा १७७, कोपा डेल रे मा ३४, च्याम्पियन्स लिगमा ८ र अन्य प्रतिष्पर्धामा २० गरी कुल २३८ एल क्लासिको सम्पन्न भएका छन्। जसमा रियल म्याड्रिडले ९५ एल क्लासिको जितेको छ भने बार्सिलोनाले ९३ एल क्लासिको जितेको छ। त्यस्तै ५० एल क्लासिको खेल बराबरीमा सकिएका छन् ।

ला लिगाका १७७ एल क्लासिकोमा रियलले ७२ खेल जितेको छ भने बार्सिलोनाले ७० खेलमा जित हासिल गरेको छ। त्यस्तै ३५ खेल बराबरीमा सकिएका छन्। 
 
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै