• २०८१ बैशाख ८ शनिबार

महिला हिंसा बढ्नुको कारण मदिरा : गृहमन्त्री थापा

kharibot

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले महिला हिंसा बढ्नुको कारण मदिरा भएको बताएका छन् । महिलामाथि हुने हिंसा रोक्न सबैले पहल गर्नुपर्ने भन्दै गृहमन्त्री बादलले युवा र अभिभावकले विना बर्दीमा नै प्रहरीको काम गर्नुपर्ने बताएका हुन् । 

आज भृकुटीमण्डपमा भएको “समुदाय प्रहरी साझेदारी”को समुद्घाटन कार्यक्रममा मन्तव्य राख्दै मन्त्री थापाले शान्तिपुर्ण र सुरक्षित समाज निर्माणको लागि सबै प्रकारका अपराधीलाई निस्तेज गर्नुपर्ने बताए । शान्तिपूर्ण र सुरक्षित समाज निमार्ण गर्न आवश्यक छ भन्दै उनले त्यो लक्ष्य हासिल गर्न मुलुकमा शान्ति र सुरक्षा आवश्यक रहेको बताए ।

उनले विकास, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुख्य बाधक अपराधी भएको बताउँदै अगाडि भने— “जसले कानुनलाई  मिच्छ , कानुनको अतिक्रमण गर्छ ती अपराधीहरु नै विकास र समृद्धि, शान्ति र सुशासनको बाधक हुन् ।” यो लक्ष्यलाई हासिल गर्न सुशासनको लागि नेपाल प्रहरीले  नयाँ अवधारणा ल्याएको बताउँदै उनले शान्ति र स्थायित्वको लागि प्रहरी, सरकार र नागरिकको संयुक्त पहलमा दिगो शान्तिको स्थापना गर्न सकिने बताए ।  

बर्दीविनाको नागरिक समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले मुलुकमा भ्रष्टाचारी तस्करलाई गुण्डा, ठग, मानव तस्करलाई राष्ट्रघाती तत्वलाई नियन्त्रण गर्न नसकेको हुँदा समृद्ध हुन नसकेको, स्थायित्व कायम हुन नसकेको उनको भनाइ छ । कार्यक्रममा अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन, जनसहयोग अभिवृद्धि गर्ने, सामुदायिक सुरक्षालाई प्रर्वधन गर्न नेपाल प्रहरी स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाई समेटी अवधारणा निर्माण गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै महानिरीक्षक सर्वेन्द्र खनालले यस्तो बताए । 

प्रहरी स्थानीय तह, समुदाय सामाजिक संस्था, विद्यालयबीच आरोप रोकथाम, सामाजिक सुरक्षा र सचेतना कार्यक्रमहरुको लागि आधारभूत संयन्त्र निर्माण गर्ने खनालले बताए । 

उक्त कार्यक्रममा गृहसचिव प्रेमकुमार राई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया, कलाकार मनोज गजुरेल, कामनपा मेयर विद्यासुन्दर शाक्य लगायतले मन्तव्य राखेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै