• २०८१ बैशाख ७ शुक्रबार

हेलिकप्टर दुर्घटनामा लेस्टर सिटीका मालिकको निधन भएको पुष्टी 

kharibot

काठमाडौँ। इङ्लिश प्रिमियर लिग क्लब लेस्टर सिटीका मालिक भिचाई श्रीभद्नाप्रभाको हेलिकप्टर दुर्घटनामा ज्यान गएको छ । शनिबार क्लवको खेल हेरेर फर्कने क्रममा मैदान बाहिरपट्टि भएको दुर्घटनामा भिचाई सहित ५ जनाको ज्यान गएको क्लवले पुष्टी गरेको छ ।

ज्यान गुमाउनेमा भिचाइकै दुईजना कर्मचारी, हेलिकोप्टरका चालक र एकजना यात्रु रहेको बीबीसीले जनाएको छ । लेस्टर सिटीको गृह मैदान किङ पावरमा भएको वेष्टह्याम युनाइटेडसँगको खेल हेरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । मैदानको बीचबाट उडेको केहि सेकेन्डमै मैदानको कार पार्कीङमा खसेको हेलिकप्टर जलेर ध्वस्त भएको थियो।  

थाइल्याण्डका अर्बपति श्रीभद्नाप्रभावले लेष्टर सिटीको स्वामित्व किनेपछि सन् २०१६ मा क्लवले अप्रत्याशित रुपमा प्रिमियर लिगको उपाधि जितेर विश्व फुटबलमा चर्चामा आएको थियो।

क्लबका मालिकको निधनपछि लेस्टरको मगंलबार लिग कप अन्तर्गत साउथहम्पटन विरुद्धको खेल स्थगित भएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै