• २०८१ बैशाख ७ शुक्रबार

कपिलवस्तुको गोरुसिंगे जंगलमा टिप्पर र बस ठोक्किँदा तीन जनाको मृत्यु

kharibot

कपिलवस्तु। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि-२ गोरुसिंगे जंगलमा टिप्पर र बस एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएको कपिलवस्तु प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार, नाम नखुलका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरी उपरीक्षक रवि रावलले बताएका छन् । 

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट आएको लु २ ख १४ ७७ नम्बरको टिप्पर एक आसमा ठोक्किएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै