• २०८१ बैशाख १३ बिहीबार

टी-२० क्रिकेटको नयाँ वरियतामा नेपाली ४ खेलाडी

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारी गरेको नयाँ टी-२० क्रिकेट वरियतामा नेपाली राष्ट्रिय टिमका ४ खेलाडीले स्थान बनाएका छन्।  टी-२० क्रिकेटको नयाँ वरियतामा राष्ट्रिय टिमका कप्तान पारस खड्कासहित सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले स्थान बनाएका छन्। 

अन्तर्राष्ट्रिय टी-२० अलराउण्डरको वरियतामा नेपालका कप्तान पारस खड्का ३९औं स्थानमा छन् भने सोमपाल कामी ६१औं स्थानमा रहेका छन् । त्यस्तै 
टी-२० ब्याटिङ वरियतामा भने कप्तान पारस ९४औं स्थानमा छन् भने शरद भेषावकर १००औं स्थानमा रहेका छन् । 

त्यसैगरि टी-२० बलिङतर्फको वरियतामा नेपालका बसन्त रेग्मी ७४औं स्थानमा छन् भने सोमपाल ९२औं स्थानमा रहेका छन् ।नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले भने वरियतामा अझै पर्न सकेका छैनन्।  

टी-२० क्रिकेटको ब्याटिङमा हालै अस्ट्रेलियाविरुद्धको सिरिजमा म्यान अफ द सिरिज बनेका पाकिस्तानका बाबर आजम शिर्ष स्थानमा रहेका छन्  । यसअघि वरियताको पाँचौ नम्बरमा रहेका बाबरले अस्ट्रेलियाविरुद्धको तीनै खेल जित्दा ११७.२६ को स्ट्राइक रेटमा रन बनाएका थिए । 

यस्तै टी-२० बलिङ वरियताको शीर्ष स्थानमा अफगानिस्तानका रसिद खान रहेका छन् । यस्तै टी-२० अलराउण्डरको वरियतामा अफगानिस्तान कै मोहम्मद नाबी शीर्ष स्थानमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै