प्याराट्रुपरले लाइभ शोमै पन्च हानेको भिडियो भाइरल भएपछि रिपोर्टरले गरे आत्महत्या !

खरीबोट

रुस । एक जना रक्स्याहा प्याराट्रुपर (सैनिक जसलाई प्यारासुटको तालिम दिइएको हुन्छ)ले लाइभ शोमै रिपोर्टिङका क्रममा पन्च हानेका रिपोर्टरले उक्त भिडियो भाइरल बनेपछि आत्महत्या गरेका छन् ।

रुसको राजधानी मस्कोस्थित रसियन टिभी च्यानल एनटीभीका लागि संवाददाता रहेका निकिता राजभोहाएभले आत्महत्या गरेका हुन् । 

राजभोहाएभलाई तीन महिनाअघि पूर्वप्याराट्रुपर अलेक्जेन्डर ओर्लोभले लाइभ रिपोर्टिंगका क्रममा रसियाको एयरबोर्न फोर्स डे मनाइरहँदा पन्च हानेका थिए । 

रिपोर्टरले भिडियोमा शान्त हुन आग्रह गरिरहँदा रक्सीले मातेका ओर्लोभले कराएको सुन्न सकिन्छ । 

यद्यपि उनले पछि भने क्षमा मागेका थिए । 

तर रिपोर्टरले भने त्यसपछि आफूलाई निकै एक्लिएको महसुस गर्ने गरेको बताइएको छ । 

सोही कारण उनले आफ्नी प्रेमिकासँग पनि सम्बन्ध तोडेका थिए । 

उनीसंलग्न टिभीले पनि उनको आत्महत्याको पुष्टि गरेको छ । 

  • भिडियो हेर्नुहोस् : (युरोन्युजबाट)


 

सम्बन्धित समाचार

शिक्षण अस्पताल महाराजगञ्जभित्रै आत्महत्या

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।  महानगरीय प्रहरी वृत्त

प्याराट्रुपरले लाइभ शोमै पन्च हानेको भिडियो भाइरल भएपछि रिपोर्टरले गरे आत्महत्या !

रुस । एक जना रक्स्याहा प्याराट्रुपर (सैनिक जसलाई प्यारासुटको तालिम दिइएको हुन्छ)ले लाइभ शोमै रिपोर्टिङका क्रममा पन्च हानेका रिपोर्टरले उक्त भिडियो भाइरल बनेपछि आत्महत्या गरेका छन् । रुसको राजधानी मस्कोस्थित रसियन

दुई नावालक छोराको हत्यापछि आत्महत्या

बारा। बारामा ३२ बर्षिय बाबुले दुई नावालक छोराको हत्या गरी आँफुले आत्महत्या गरेका छन् । जीतपुरसिमरा उप–महानगरपालिका ४ औराहा बस्ने ३२ बर्षिय सुरेन्द्र रामले आफ्ना दुई नावालक छोराहरु पाँच वर्षिय सुविन

सप्तरीमा महिलाद्वारा शरीरमा आगो लगाई आत्महत्या

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा


z