• २०८१ बैशाख ८ शनिबार

प्याराट्रुपरले लाइभ शोमै पन्च हानेको भिडियो भाइरल भएपछि रिपोर्टरले गरे आत्महत्या !

kharibot

रुस । एक जना रक्स्याहा प्याराट्रुपर (सैनिक जसलाई प्यारासुटको तालिम दिइएको हुन्छ)ले लाइभ शोमै रिपोर्टिङका क्रममा पन्च हानेका रिपोर्टरले उक्त भिडियो भाइरल बनेपछि आत्महत्या गरेका छन् ।

रुसको राजधानी मस्कोस्थित रसियन टिभी च्यानल एनटीभीका लागि संवाददाता रहेका निकिता राजभोहाएभले आत्महत्या गरेका हुन् । 

राजभोहाएभलाई तीन महिनाअघि पूर्वप्याराट्रुपर अलेक्जेन्डर ओर्लोभले लाइभ रिपोर्टिंगका क्रममा रसियाको एयरबोर्न फोर्स डे मनाइरहँदा पन्च हानेका थिए । 

रिपोर्टरले भिडियोमा शान्त हुन आग्रह गरिरहँदा रक्सीले मातेका ओर्लोभले कराएको सुन्न सकिन्छ । 

यद्यपि उनले पछि भने क्षमा मागेका थिए । 

तर रिपोर्टरले भने त्यसपछि आफूलाई निकै एक्लिएको महसुस गर्ने गरेको बताइएको छ । 

सोही कारण उनले आफ्नी प्रेमिकासँग पनि सम्बन्ध तोडेका थिए । 

उनीसंलग्न टिभीले पनि उनको आत्महत्याको पुष्टि गरेको छ । 

  • भिडियो हेर्नुहोस् : (युरोन्युजबाट)


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै