• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँमा सडक दुर्घटनामा परी एकको मृत्यु

kharibot

काठमाडौँ । काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जीतेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको सोही सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सवारी साधनसहित माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै