• २०८१ बैशाख १२ बुधबार

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

kharibot

काठमाडौं । सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य गर्ने सहमति भएको छ ।

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको हो । 

यो अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका निर्देशक विरेन्द्र कुमार शाहले टिच फर नेपाललाई पाँच लाखको चेक हस्तान्तरण गरी बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्नस्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्नेछ भन्ने आशा व्यक्त गरे । 

सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १,००० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै