सबैखाले आणविक हतियारको विपक्षमा नेपाल, उत्तरको मिसाइल परीक्षणको विरोध

खरीबोट
ad

काठमाडौं । नेपालले गत शुक्रबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले गत शुक्रबार बिहानै जापानको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तरको यस कार्यको विरोध गरेको हो । विज्ञप्तिमा सबैखाले महाविनाशक हतियारको पूर्ण निःशस्त्रीकरण गर्नुपर्ने भन्दै नेपालले पछिल्लो समययता उत्तरबाट हुँदै आएको परीक्षणको विरोध गरिएको छ ।  नेपाल कोरियन पेनिनसुलामा शान्ति र स्थायित्व चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, आणविक हतियारविरुद्ध राष्ट्रसंघको गत जुलाई सम्मेलनले स्वीकार गरेको सन्धिमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । आगामी मंगलबारदेखि न्युयोर्कमा सुरु हुने महासभामा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार

उत्कृष्ट नतिजा ल्याउन चीनमा अध्ययनरत नेपालीलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौँ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन पोखरासँग यही असोज १

नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' युट्युबमा रिलिज 

काठमाडौँ। नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' मा युट्युबमा रिलिज गरिएको छ । आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी रोजिना शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा र रामबाबु गुरुङ लगायतको मुख्य अभिनय

परिणाममुखी काम गर्न सरकारलाई नेता सिंहको सुझाव

विराटनगर । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले चाडपर्वको बेलामा बजारमा

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत