• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाको कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित

kharibot

काठमाडौँ।  कोपा डेल रे अन्तर्गत बार्सिलोनाले कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। हाल आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको बार्सिलोनाले खेलको इन्जुरीसमयमा ९१औ मिनेटमा क्लेमेन्ट लेंगलेटले गोल गरेपछि खेल १-० ले जितेको छ। 

आइतबार मात्र रियल म्याड्रिडलाई ५-१ गोल अन्तरले पराजित गरेको बार्सिलोनाले यस खेलमा लुइस स्वरेज र फिलिप कोटीन्होलाई आराम दिएको थियो। 

मेसी, स्वरेज र कोटीन्हो बिना बार्सिलोनाले कल्चरलविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै पहिलो लिगमा १-० को अग्रता हासिल गरेको छ भने अब दोस्रो लिग डिसेम्बर ५ मा खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै