दाङका १४७ मा सिकलसेल एनिमिया

खरीबोट

दाङ । दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ ।

जिल्लामा आव २०७३-०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३-०७४ मा ४६ पुरुष र २८ महिला, २०७४-०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए ।

ती बिरामीलाई अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिशका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रु एक लाख बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आइएको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कागजसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले रु एक लाखको निःशुल्क उपचारका लागि सिफारिश गर्ने योगीले जानकारी दिए ।

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगी यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट कुन्दन ठाकुरले जानकारी दिए । यस रोगबाट धेरै थारू समुदाय पीडित भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको बताइएको छ ।

विसं २०६८ को जनगणनानुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास छ । थारूको जम्मा सङ्ख्यामध्ये दाङमा १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो । वंशानुगत रुपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष जीवराज चौधरीले बताए ।

सम्बन्धित समाचार

दाङमा एनसेलको टावरमा आगजनी

तुलसीपुर । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका

दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको  लमही नगरपालिका–९ रिहारबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नंको  मोटरसाइकललाई  विपरीत  दिशाबाट आएको  ना ६ख ३४०३ नंको ट्रकले ठक्कर दिँदा आज दिउँसो गम्भीर घाइते

दाङमा उप–निर्वाचनका लागि ३४ मतदानस्थल

लमही । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि

दाङ । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि


z