राउटे बालबालिकालाई भिटामिन खुवाइयो 

खरीबोट

फाइल तस्बीर

दुल्लु। सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ । 

समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो । सरकारी अभियानको पहिलो दिन बुधबार सोे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् । उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन आज भने औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिए । 

गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् । कुल १४८ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् । 

सम्बन्धित समाचार

जीवन रक्षाको दोसाँधमा राउटे

सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित छन् । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउँ, पखाला, रुघाखोकीले थलिएका देखेर उनी

राउटेको संसार !

छाप्रोभित्रबाट आगन्तुकलाई नियाल्दै राउटे बालबालिका । जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जंगलमा बस्दै आएका छन् । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

राउटे बालबालिकालाई भिटामिन खुवाइयो 

दुल्लु। सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ ।  समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई

दशैँ मनाउन जुटे राउटे, सरकारी भत्ता बुझेर किनमेलमा व्यस्त    

सुर्खेत। यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ ।  हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र


z