• २०८१ बैशाख ८ शनिबार

राउटे बालबालिकालाई भिटामिन खुवाइयो 

kharibot

फाइल तस्बीर

दुल्लु। सरकारले अभियानका रुपमा हरेक वर्ष बालबालिकालाई खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ । 

समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो । सरकारी अभियानको पहिलो दिन बुधबार सोे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् । उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन आज भने औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिए । 

गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् । कुल १४८ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै