• २०८१ बैशाख ११ मंगलबार

खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई

kharibot

काठमाडौँ  / फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । 

पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले आज ‘खोज पत्रकारिता पुरस्कार’ हिमाल खबरपत्रिका विशेष संवाददाता रमेश कुमार (काठमाडौँ) र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको छ । संयोजक विरही रहेको पुरस्कार छनोट समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, खोज पत्रकारिता केन्द्रका प्रधानसम्पादक शिव गाउँले, नेपाल वातावरण पत्रकार समूहका तर्फबाट आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक बद्री पौडेल र फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहाल थिए ।  

खोज पत्रकारितामार्फत देशको प्रशासनिक, आर्थिक नीति र तीनको कार्यान्वयनमा लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका निकायका कमिकमजोरी राज्य शक्ति तथा स्रोतको दुरुपयोग जस्ता विषयमा र आम पाठकलाई सचेत गराइ नीति तथा व्यवहारमा सुधार ल्याउन र सुशासन निर्माणमा योगदान पु¥याएवापत खोज पत्रकारिता पुरस्कार रमेशलाई प्रदान गरिएको हो । 

विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बाबजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक विसङ्गति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको हो । प्रशंसापत्रसहित पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । दुवै पुरस्कार पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रदान गरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै