• २०८१ बैशाख १३ बिहीबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङ्गमा

kharibot

काठमाडौँ। एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भव्य समारोहकाबिच समुद्घाटन गरेका छन् । 

उदघाटन समारोहका प्रमुख अतिथी ढुंङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुरयाएको बताए । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतले उपस्थित अतिथीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।  

बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै