काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) आजको दोस्रो खेलमा काठमाडौँ रोयल्सले बुटवल ब्लाष्टर्सलाई १७३ रन दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँ रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १७२ रन बनाएको हो।
काठमाडौँ रोयल्सका लागि नरेश बुढाअयरले सर्वाधिक ५८ रन अविजित बनाएका थिए। नरेशले २८ बलमा ३ चौका र ५ छक्क ले ५८ रन बनाएका थिए। त्यस्तै काठमाडौँका लागि जयकिसन कोलसावालाले ४५ रन बनाए भने कप्तान ज्ञान्नेद्र मल्लले २५ तथा पवन सराफले २२ रनको योगदान दिए। प्रतियोगिता मै धेरै रन बनाएका गौरव तोमारले यस खेलमा केवल ११ रन बनाएर आउट भएका थिए।
बुटवलका बलर विपिन खत्रीले २ विकेट लिए भने रोहन मुस्तफा र संसद सेखले एक एक विकेट लिए। बुटवलले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ।