• २०८१ बैशाख ८ शनिबार

केशव स्थापित प्रदेश ३ को मन्त्रीबाट बर्खास्त 

kharibot

हेटौडा । प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गरेका छन् ।

बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो। मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाडौं आएका थिए ।

नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन् । उनी प्रदेश ३ को मन्त्रीकै हैसियतमा आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए। तर मुख्यमन्त्री पौडेलले भ्रमणमा जानुअघि नै उनलाई पदमुक्त गरेका हुन्।

मन्त्री स्थापितलाई काठमाडौँको मेयर हुदा पत्रकारलाई यौन उत्पीडन गरेको आरोप लागेको थियो। मि टु अभियानमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाडौँ महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी थिइन् ।

स्थापितले भने  अस्विकार गर्दै आएका थिए। १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै