'सेरेस' र 'भिष्टा' नामका क्षुद्रग्रहमा पुगेको नासाको डन स्पेसक्राफ्ट हरायो !

खरीबोट

यसको भित्री सतहमा नुन, पानीलगायतका पदार्थहरु पर्याप्तमात्रामा रहेको मानिएको छ । नासाको डन स्पेसक्राफ्टले सूचना पठाउन छोड्नुअघि खिचेको सेरेस नामक क्षुद्रग्रहको अन्तिम तस्बिर ।

अमेरिका । अनुसन्धानका लागि अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को मिसनका क्रममा दुई वटा नयाँ संसारको अर्बिट गरिरहेको एउटा स्पेसक्राफ्ट बिहीबारदेखि सम्पर्कविहीन भएको छ । 

नासाले उक्त डन नामको स्पेसक्राफ्टसँगको सम्बन्धविच्छेद भएको बिहीबार जनाएको थियो । उक्त स्पेसक्राफ्टले गत बुधबार र बिहीबार नासाको डिप स्पेस नेटवर्कसँगको दुईवटा चेक प्वाइन्ट मिस गरेको (सम्पर्क टुटाएको) वैज्ञानिकहरुले बताएका छन् । 

सम्पर्कमा रहेको उक्त स्पेसक्राफ्टले थ्रस्टर्सको इन्धन भर्ने हाइड्राजाइन अपुग भएपछि काम गर्न नसकेको हुनसक्ने बताइएको छ । जसले यसको सोलार प्यानेल जो सूर्यतर्फ रहेको हुन्छ र एन्टेना जो पृथ्वीतर्फ हुन्छ, लाई मद्दत गर्छ ।

अन्तरिक्षमा सम्पर्कविच्छेद हुने नासाको यो दोस्रो अन्तरिक्ष यान हो । यसअघि मात्रै प्लानेट हन्टिंग केप्लर स्पेस टेलिस्कोपले सम्पर्क टुटाएको थियो । यद्यपि डनको मिसन अन्त्य हुने कुरा यसअघि नै अनुमानित भए पनि मिसन टिमका सदस्यहरु भने योसँगै एकदमै दुःखी भएका छन् ।

उक्त मिसनका निर्देशक तथा नासाको जेट ल्याबोरेटोरीका प्रमुख इन्जिनियर मार्क रेमनले उक्त स्पेस क्राफ्टले धेरै नै चुनौती हरेक समयमा खेप्नुपरेको भन्दै दुःख व्यक्त गरेका छन् । 
डन स्पेसक्राफ्ट सन् २००७ मा आस्टेरोइड भेष्टामा पठाइएको थियो ।

जुन मंगल र बृहस्पतिको बीचमा रहेकोमध्ये दोस्रो ठूलो क्षुद्रग्रह (आस्टेरोइड) हो । उक्त ग्रहमा डन स्पेसक्राफ्ट सन् २०११ को जुलाईमा पुगेको थियो । क्षुद्रग्रहको अर्बिट गर्ने यो नै पहिलो अनुसन्धान स्पेसक्राफ्ट थियो । डन पुगेको उक्त वस्तु आस्टेरोइड भए पनि धेरै हदसम्म ग्रहजस्तै रहेको मानिन्छ ।   

सन् २०१२ को सेप्टेम्बरमा डनले भेष्टा छोडेर सेरेस नामक सानो (तर मंगल र बृहस्पतिबीचको सबैभन्दा ठूलो क्षुद्रग्रह) ग्रहसम्मको साढे २ वर्ष लामो यात्रा तय गरेको थियो ।

डनले उक्त भेष्टाको भित्री ठाउँ पृथ्वीको जस्तै तहगत रुपमा बनेको तथ्य पत्ता लगाएको थियो । यसमा पनि म्याग्नेटिक फिल्ड रहेको अनुमान गरिएको थियो । भेष्टाको दक्षिणी ध्रुवमा वैज्ञानिकहरुले पृथ्वीमा पाइने सबै मेटेराइट (धातु)हरुको ५ प्रतिशत स्रोत रहेको पत्ता लगाएका थिए ।

सन् २०१२ को सेप्टेम्बरमा डनले भेष्टा छोडेर सेरेस नामक सानो (तर मंगल र बृहस्पतिबीचको सबैभन्दा ठूलो क्षुद्रग्रह) ग्रहसम्मको साढे २ वर्ष लामो यात्रा तय गरेको थियो । सेरेस नामको उक्त ग्रहमा पानी, नुनलगायतका खनिज पदार्थहरु समेत रहेको मानिएको छ । सोही कारण यसको सतह चम्किलो रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त ग्रहमा बरफीय ज्वालामुखी हुने गरेको र त्यसो हुनुको कारण सतहमुनि पानी जमेर रहेको मानिएको छ । 

सोही कारण सेरेसमा जीवन रहन सक्ने विश्वास समेत वैज्ञानिकहरुले गर्दै आएका छन् । नासाले सम्पर्क विच्छेद भए पनि उक्त डन स्पेसक्राफ्टलाई नष्ट गर्न चाहेको छैन । न त यसबारे कुनै योजना नै बनाएको छ । अतः डन उक्त ड्वार्फ प्लानेटको अर्बिटमा आगामी दशकसम्म रहने देखिन्छ । सोही मिसनका इन्जिनियर केरी बिनका अनुसार उक्त स्पेसक्राफ्ट नष्ट हुने अनुमान गरिएको छ । उक्त स्पेसक्राफ्टको मद्दतले थुप्रै अन्तरिक्षसम्बन्धी ज्ञान हासिल भएको समेत उनको भनाइ छ । 

वैज्ञानिकहरुले डन नष्ट भए पनि अन्तरिक्षसम्बन्धी मानवीय खोज जारी रहने बताएका छन् । आगामी केही वर्षमा जापानको हायाबुसा २ स्पेसक्राफ्ट र नासाको ओएसआईआरआईएस–आरईएक्स नामक स्पेसक्राफ्टले दुईवटा क्षुद्र ग्रहबाट त्यसका टुक्राहरु पृथ्वीमा ल्याउँदै छन् । त्यस्तै सन् २०२२ मा नासाले साइकी नामक स्पेसक्राफ्ट यस्तै क्षुद्रग्रहसम्म पुर्याउने गरी प्रक्षेपण गर्नेछ । जसले सम्बन्धित ग्रहको भित्री तथ्य निकाल्ने अनुमान र आशा गरिएको छ ।  

नोट : यो समाचार साइन्सन्युज डटओआरजीबाट नेपालीमा भावानुवाद गरिएको हो । 

सम्बन्धित समाचार

टोयोटाले चन्द्रमामा पठाउनका लागि एक स्वचालित रोभर निर्माण गर्ने

जापानको कारनिर्माता कम्पनी टोयोटाले चन्द्रमाको लागि एक स्वचालित रोभर निर्माण गर्ने घोषणा गरेको छ । टोयोटाले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा)सँग सहकार्य गरेर उक्त रोभरलाई जापानको २०२९ देखि २०३४ सम्मको

मङ्गल ग्रहमा पाइला टेक्ने पहिलो अन्तरिक्षयात्री महिला हुनसक्ने नासा प्रमुखको भनाइ

मङ्गल ग्रहमा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्री महिला हुनसक्ने प्रबल सम्भावना रहेको नासाका प्रमुखले जनाएका छन् । नासाका प्रशासक जीम ब्राइडेस्टाइनले अमेरिकाको एक रेडियो कार्यक्रममा नासाको आगामी अन्तरिक्ष कार्यक्रमहरूमा महिला अन्तरिक्ष

नासाले चन्द्रमाको सतह वरीपरि पानीका अणुहरू फेला पार्यो

नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतह वरिपरि पानीका अणुहरू रहेको पत्ता लगाएका छन् । नासाको लुनार रिकनेसेन्स अर्बिटर (एलआरओ)ले सूर्यतर्फ फर्किएको चन्द्रमाको भागमा पानीका अणुहरू फेला पारेको हो । एलआरओमा जडान गरिएको लिमान

वैज्ञानिकहरूले पत्ता लगाए आकाशगङ्गाको सही वजन

खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल रहेको तारापुंज आकाशगंगाको अहिलेसम्मकै सबैभन्दा सही वजन पत्ता लगाएका छन् । उनीहरूकाअनुसार आकाशगङ्गामा १.५ खर्ब सूर्यहरू बराबरका पिण्ड रहेका छन् । अहिले गरिएको मापनमा आकाशगङ्गामा रहेका सबै तारा,


z