सन् २०४० सम्ममा फूलमा आत्मनिर्भर बन्छौँ : फ्यान अध्यक्ष, श्रेष्ठ

खरीबोट

फूलैफूलको चाड तिहार नजिकिएसँगै बजारमा फूलको किनबेच ह्वात्तै बढेको  छ  ।  बिहीबारबाट फ्नोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)को पुष्पमेला समेत सुरु भएको छ । जुन १८ गतेसम्म चल्नेछ । ललितपुरको खेल मैदानमा उक्त मेला बिहीबारदेखि सुरु भएको छ  । तिहारमा फूलको माग र व्यापारको अवस्था कस्तो छ, माग धान्ने फूलहरु उपत्यकामा कहाँ कहाँबाट ल्याइन्छ लगायतका विषयमा केन्द्रित भएर बिहीबार सोही मेलामा भेटिएका फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठसँग खरीबोटकी कविता घिमिरेले गरेको छोटो कुराकानीको सम्पादित अंश : 

तिहारमा फूलको माग धान्न सकिएला ?

खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करिब तीन लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ । तिहारमा माला तथा फूल अपुग हुने देखिएकाले यस वर्ष झण्डै ११ करोडको ४५ जातका तीन लाख सयपत्रीका माला तथा फूल आयात गर्न लागिएको छ ।

५० लाख मानिस बसोबास गर्ने काठमाडौँमा दैनिक सयपत्रीको माग भनेको १७ देखि २० हजारको हो तर  भाइटीकामा मात्र १५ लाखको माला आवश्यक पर्छ भने तिहारको भोलिपल्टचाहिँ हाम्रो उत्पादन भएको माला के गर्ने भन्ने अर्को चुनौती पनि रहेको छ । र पनि यो वर्ष हामीले १२ लाख माला उत्पादन गरेका छौँ, तीन लाख माला पुगेको छैन, अपुग माला भारतबाट आउँछ  ।    

वर्षेनी फूलमा आत्मनिर्भरताको कुरा उठ्छ तर सधैँ भारतबाटै फूल ल्याउनुपरेको छ, कहिले हुने आत्मनिर्भर ? 

निजी क्षेत्र यसका लागि एकदमै प्रयासरत छ । आयातलाई पूर्णरुपमा प्रतिस्थापन गर्न र निर्यातलाई अभिवृद्धि गर्नको लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले लगानी नगरेसम्म  आयातलाई पूर्णरुपमा प्रतिस्थापन गर्न सक्दैनौँ ।  तथापि हामीले हरेक वर्ष ५ प्रतिशतका दरले आयातलाई प्रतिस्थापन गर्दै जाने भनिरहेका छौँ । आयात भएकोमध्येमा ५ प्रतिशत घटाउँदै जाने कुरामा तयारी गरिरहेका छौँ ।  किनभने हामीले प्रविधिमा लगानी वृद्धि  गरिरहेका छौँ र हाम्रा व्यवसायीलाई त्यसमा अगाडि बढ्नको लागि सहयोग पनि गरिरहेका छौँ ।

नेपालमा उत्पादन हुनसक्ने बिरुवाहरु र फूल आयात गर्दैनौँ । तर ७ लाख मखमली फूलको कारोबार हुने हाम्रो अनुमान छ, जसमा हामी शतप्रतिशत आत्मनिर्भर छौँ ।   

त्यसकारणले गर्दा २०/४० को भिजनसहित कम्तीमा २०४० सम्ममा हामीले आत्मनिर्भर हुँदै जाने लक्ष्य लिएका छौँ । तथापि हामीले दश वर्षको बीचमा हामीले २० प्रतिशत आयातको केही घटाउन सफल भएका छौँ । जसको कारण भनेको नर्सरी व्यवसायीहरुको संख्यावृद्धि नै हो । प्रविधिमा लगानी गर्नको लागि व्यवसायीहरु तयार भएका छन् । देशमा कृषि क्षेत्रमा लगानी गर्दा बैंकहरुले सस्तो ब्याजमा ऋण दिएको छ । जुन हेर्दा पुष्प व्यवसायको लागि राम्रो पक्ष देखिन्छ । हामी आत्मनिर्भरभन्दा पनि आयात घटाउने र निर्यात बढाउने लक्ष्यमा छौँ । जसको लागि क्वालिटी, क्वान्टिटी र कन्टिन्युटीको जरुरत छ । 

यसको लागि राज्यले के गर्नुपर्छ ?

लामो समयसम्म राज्यले लगानी गर्न जरुरी छ  । योजना बनाएर ५ वर्षभित्र यति र यो क्षेत्रमा लगानी गर्ने भन्ने छुट्याउनुपर्यो । त्यस्तै निर्यात गर्ने वस्तु उत्पादन गर्न पूर्वाधारमा लगानी गर्नुपर्छ । अनुसन्धान र विकासमा लगानी गर्नुपर्छ । यति भए मात्र फूलमा आत्मनिर्भर बन्ने र निर्यात गर्ने भन्ने हाम्रो लक्ष्यमा पुग्नसक्छौँ । अनि मात्र हामीले आयात गरे पनि निर्यात दोब्बर गर्न सक्छौँ ।

तर अहिले नै आयात प्रतिस्थापन गर्न सक्छौँ भन्न सक्दैनौँ किनभने अहिले जति फूलहरु फुलिरहेका छन्, ती फूलका बीउहरु कुनै पनि देशभित्र उत्पादन गर्नसक्ने क्षमता बनिसकेको छैन । हामी आयात गर्छौँ तर नेपालमा उत्पादन हुनसक्ने बिरुवाहरु र फूल आयात गर्दैनौँ । तर ७ लाख मखमली फूलको कारोबार हुने हाम्रो अनुमान छ, जसमा हामी शतप्रतिशत आत्मनिर्भर छौँ ।   

पुष्प व्यवसायमा देखिएका मुख्य समस्याहरु के–के हुन् ?

पुष्प व्यवसायमा देखिएका समस्याहरु भनेको चाहिँ सहरी क्षेत्रमा फूल बेच्नुपर्ने अवस्था भएकाले सहरनजिकै पुष्प उद्योगहरु राख्नुपर्ने अवस्था छ । तर जनघनत्वको कारणले जमिन घटिरहेको अवस्था पनि छ, पानीका प्राकृतिक स्रोतहरु घटिरहेका छन्, अर्को कुरा भनेको सहर प्रदूषित हुँदै गएको छ ।  प्रदूषण बढ्दै जाँदा फूल उत्पादनमा असर गरेको छ । सहर प्रदूषण पनि हाम्रो चुनौतीको विषय रहेको छ । अर्को कुरा भनेको माटोमा काम गर्ने युवा शक्तिहरु विदेश पलायन भएका छन् ।

नर्सरी व्यवसायीहरुले पर्याप्त जनशक्ति पाएका छैनन् । बैँक तथा वित्तीय संस्थाहरुले सहज रुपमा लगानी गरिरहेका छैनन्, कोही बीमा त कोही लङ्गिभिटीको कारण देखाउँछन् । यस्ता विभिन्न कारण देखाएर बैँक तथा वित्तीय संस्थाले लगानी गर्न डराइरहेका छन्  । जसले गर्दा वित्तीय समस्या छँदै छ, उत्तिकै मात्रामा प्राविधिक जनशक्ति अभावको पनि समस्या छ । 

अहिलेको परिस्थिति हेर्दा फूलको व्यापारमा त्यति धेरै समस्या छैन । राम्रो व्यापार भइरहेको छ  । उत्पादन भएको फूल बिक्री नभएर फालियो भन्ने व्यवसायीहरु भेटेको छैन ।

नेपालमा फूलको व्यापारको अवस्था कस्तो छ ?

अहिलेको परिस्थिति हेर्दा फूलको व्यापारमा त्यति धेरै समस्या छैन । राम्रो व्यापार भइरहेको छ  । उत्पादन भएको फूल बिक्री नभएर फालियो भन्ने व्यवसायीहरु भेटेको छैन । होला, कसैले बेसिजनमा उत्पादन गरेको भए फालिएला तर बजारको माग र मौसमअनुसारका फूलको उत्पादन दिनसके बजारको समस्या छैन, धेरै राम्रो छ  । गत वर्षको आर्थिक कारोबारको डाटा हेर्दा हामीले झण्डै १ अर्ब ८६ करोडको कारोबार गर्न सफल भएका छौँ  ।

जहाँ हाम्रो व्यावसायिक संख्या भनेको ७ सयभन्दा बढी हाम्रो संस्थामा आबद्ध भइसकेका छन् । अझै आबद्ध गराउन प्रयासरत छौँ ।  जहाँ १ सय ५५ हेक्टर जमिनमा हामीले पुष्पखेती गरिरहेका छौँ । जहाँ ४० हजारभन्दा बढी मान्छे संलग्न रहेका छन् । जहाँ ४० वर्ष उमेर नकटेका युवाहरु ६० प्रतिशत संलग्न छन् भने त्यसमा पनि झण्डै ६० प्रतिशत महिलाहरु रहेका छन् । यसले गर्दा पुष्प व्यवसाय राम्रो रुपमा अगाडि बढिरहेको छ ।  

कुन–कुन फूलको माग बढी छ अहिले ?

अहिले यस्तो छ – कट फ्लावरमा चारवटा  प्रोडक्ट छ, (जुन फूल काटेर सजाउँछौँ, बुकी बनाउँछौँ) जुन चलिआएको कट फ्लावरमा  कार्नेसन, जर्वेरा,  लिमोनियम र रोज । यी चारवटा प्रोडक्टको धेरै माग छ । जुन बाह्रै महिना माग भइरहन्छ । यता मालाको कुरा गर्दा सयपत्री र टियु रोजको माला सधैँ माग भइरहन्छ । त्यस्तै मौसमी फूलहरुमा माग भएअनुसार हामीले उत्पादन गर्छौँ । मलाई लाग्छ सिजनल र पर्मानेन्ट फूलहरुको १२/१३ वटा भेराइटीको नियमित माग भइरहेको हुन्छ । मागअनुसार व्यवसायीले उत्पादन गरिरहेका हुन्छन् । 

फूल आयात र निर्यातको अवस्था कस्तो छ अहिले ? 

समग्र रुपमा फूलको आयात हेर्दा गत वर्ष २०७४/०७५ को हाम्रो आयात भनेको ११ करोडको छ । त्यस्तै सो वर्षको निर्यातचाहिँ २ कुरोड ३७ लाखको छ । त्यो हेर्दा पहिला हाम्रो आयात १० करोडको भए निर्यात २० कुरोडको हुन्थ्यो तर अहिले नेपालमा निर्यात गर्ने उद्योगहरु बन्द भएको अवस्था छ  । पहिला नेपालको गुलाफ जापान र बेलायतमा निर्यात हुन्थ्यो । तर हाल गुलाफको काम बन्द भएको छ । जसले गर्दा निर्यातमा समस्या भएको छ ।

विगतमा एक्युरियममा राख्ने बिरुवाहरु टिस्यु कल्चर प्लान्टबाहिर जान्थ्यो, त्यो पनि हाल बन्द भएको छ । अर्को कुरा भनेको नेपालका रैथाने बिरुवाका माउँबोट निर्यात हुन्थ्यो, अहिले त्यो पनि बन्द भएको अवस्था छ । त्यो कारणले गर्दा पनि हामीले निर्यातलाई बढाउनको लागि फे्रस फ्लावर निर्यात गर्न सक्छौँ । यसको लागि निरन्तर उत्पादन गर्नसक्ने पूर्वाधार नभएर समस्या भएको छ ।  

भनेपछि तत्काल हेर्दा निर्यातको अवस्था शून्य नै हो त ?

गत वर्ष हाम्रो २ करोड ३७ लाखको निर्यात छ । यो वर्ष पनि निर्यात त हुन्छ तर निर्यात भोल्युम सानो छ ।

सम्बन्धित समाचार

संगीतमा 'मन मगन' दीपक बज्राचार्य 

काठमाडौं । ‘समय गएको त पत्तै नहुने रहेछ । पहिलेका फाइलहरु, फोटोहरु पल्टाउँदा ओहो मैले यो पनि गरेको रहेछु भन्ने लाग्छ । त्यहाँ पनि पुगेको रहेछु भन्ने लाग्छ । हिजो

काष्ठकलामा निपूर्ण पूर्णलक्ष्मी 

काठमाडौं । छोरा मान्छेको तुलनामा छोरी मान्छेले अप्ठ्यारो काम गर्न सक्दैनन्, पुरुषको दाँजोमा महिलाले थोरै काम गर्ने भएकाले नै पछि पर्छन् भन्ने नेपाली भनाइलाई गलत साबित गरिदिने धेरै नारीमध्ये एक

व्यापारघाटा कम गर्न विशेष आर्थिक क्षेत्रको ठूलो भूमिका हुनसक्छ - डा.भट्ट, कार्यकारी निर्देशक, सेज

काठमाडौँ। नेपालको व्यापारघाटा अहिले उच्च र बढ्दो क्रममा छ । आयातको तुलनामा निर्यात एकदमै कमजोर रहँदा यस्तो अवस्था आएको हो । जेनतेन रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलाएको छ भन्दा पनि फरक पर्दैन

मालीबाट मालिक बनेका तीर्थ !

काठमाडौँ। फूलैफूलको पर्व तिहार घरदैलोमा आइसकेको छ । दाजुभाइमा गलादेखि घरका तलासम्म कुन कुन फूल प्रयोग गर्ने भन्ने चटारो यतिबेला सबैलाई परेको छ । सकेसम्म राम्रा राम्रा फूलमालाले झलमल्ल पार्न सबै


z