• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ रोयल्ससँग पराजित भएपछि बुटवल ब्लाष्टर्स लगभग बाहिरियो

kharibot

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) आजको दोस्रो खेलमा काठमाडौँ रोयल्सले बुटवल ब्लाष्टर्सलाई ३१ रनले पराजित गरेको छ। काठमाडौँ रोयल्ससँग पराजित भएपछि बुटवल ब्लाष्टर्स प्रतियोगिताबाट लगभग बाहिरिएको छ । बुटवल ब्लाष्टर्स प्राविधिकरुपमा बाहिर नभएको भएपनि रनरेटको आधारमा पाचौ स्थानमा रहेकोले अर्को चरणमा पुग्ने सम्भावना निकै कम देखिन्छ। 

बुटवलको ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंकसहित पाचौ स्थानमा रहेको छ भने ४ खेलमा ३ जित र एक हारसहित ६ अंक पाएर काठमाडौँ रोयल्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ। प्रतियोगित को समुह चरणमा प्रथम हुने टिम सिधै फाइनलमा पुग्ने छ भने दोस्रो र तेस्रो हुने टिम इलिमिनेटर खेल्ने छ र सो खेलका विजेता फाइनलमा पुग्ने छन्। 

अब समुह चरणको अन्तिम खेलमा शनिबार २ खेल हुने छन्। शनिबार काठमाडौँ रोयल्सले पोखरा पल्टनसँग खेल्ने छ भने चितवन राइनोजले बिराटनगर टाईटन्ससँग खेल्ने छ।

काठमाडौँ रोयल्सले दिएको १७३ रन पछाएको बुटवल ब्लाष्टर्स २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाए पछि काठमाडौँ ३७ रनले विजयी भएको हो । बुटवललाई हराउने क्रममा काठमाडौँका बलर अमर रौतेलाले ३ विकेट लिए भने नन्दन यादव र बसन्त रेग्मीले २-२ विकेट लिएका थिए।  त्यस्तै गौरव तोमारले एक विकेट लिएका थिए।  

अंक तालिका :


बुटवल ब्लाष्टर्सका लागि रोहन मुस्तफाले ६१ रनको योगदान गरेपनि बुटवललाई जित दिलाउन भने सकेनन्। रोहनले ५१ बलमा ५ चौका र ४ छक्काको मद्धतले ६१ रन बनाएका थिए। त्यस्तै सिद्धान्त लोहनीले १३, भिम सार्कीले १२ र चिराग सुरीले ११ रन बनाएका थिए।   

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँ रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १७२ रन बनाएको थियो । काठमाडौँ रोयल्सका लागि नरेश बुढाअयरले सर्वाधिक ५८ रन अविजित बनाएका थिए। नरेशले २८ बलमा ३ चौका र ५ छक्क ले ५८ रन बनाएका थिए। त्यस्तै काठमाडौँका लागि जयकिसन कोलसावालाले ४५ रन बनाए भने कप्तान ज्ञान्नेद्र मल्लले २५ तथा पवन सराफले २२ रनको योगदान दिए। प्रतियोगिता मै धेरै रन बनाएका गौरव तोमारले यस खेलमा केवल ११ रन बनाएर आउट भएका थिए। 

बुटवलका बलर विपिन खत्रीले २ विकेट लिए भने रोहन मुस्तफा र संसद सेखले एक एक विकेट लिए।

२६ बलमा ५८ रन बनाएका काठमाडौँ रोयल्सका नरेश बुढायर खेलको म्यान अफ द म्याच बनेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै