• २०८१ बैशाख १३ बिहीबार

आरक्ष निकुञ्ज बनेपछि पर्यटकहरु आउँने क्रम बढ्यो

kharibot

बारा। पर्सा बन्य जन्तु आरक्ष निकुञ्जमा बिस्तार भए पछि आन्तरीक तथा बाह्य पर्यटकहरु आउँने क्रम बढेर जान थालेको छ । आरक्ष हुँदा प्रतिबन्ध जस्तै बन्य जन्तुको दृश्यावलोकन अहिले खुल्ला आँखाले हेर्न पाए पछि पर्यटकहरुको आगागमन बढेको हो ।

प्रदेश नम्बर २ कै एक मात्र निकुञ्जको रुपमा रहेको यो निकुञ्ज भारतीय पर्यटकहरुको लागि समेत सहज रहेको छ । पछिल्लो समय प्रचार प्रसार नभए पनि यो निकुञ्जमा आन्तरीक तथा बाह्य पर्यटकहरु आउँने गरेको पाईन्छ जुन बढ्दो अबस्थामा देखीन्छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरीक र बाहय गरेर एक सय ५० प्रतीशत पर्यटक बृद्धि भएको पर्सा बन्य राष्ट्रिय निकुञ्जका प्रमुख हरिभद्र आचार्यले बताए । उनले भने प्रचार बिना नैं यत्रो संख्यामा निकुञ्जमा पर्यटक भित्रिनु खुसीको कुरा हो ।

जंगल सफारी , हलखोरीया दह , कामीनीदह , कर्मकुमारी धारा , घुम्नका लागी हातीसार , आरामदायी रिर्सोट , होटलहरु लगायतका स्थानहरुमा पर्यटकहरुको आवागमन हुँने गरेको पाईने समेत उनले बताए ।

निकुञ्ज भएसँगै दर्जनांै होटल र रिर्सोटहरु खुल्ने क्रममा रहेका छन् । आर्थिक नगरी बिरगंजसँग जोडिएको यो निकुञ्जले उचित प्रचार भएको खण्डमा जनकपुर सम्मको धार्मीक पर्यटक भित्रयाउँन सफल हुँने बिश्बास गर्न सकिन्छ ।

पर्सा निकुञ्ज आँफैमा व्यवस्थित बन्दै गए पछि यहाँ रमणिय कुराहरु बन्य जन्तु , धार्मिक क्षेत्र , पोखरी र पर्या पर्यटन बन्न पुग्दा पर्यटनको आधार बलियो बनेकोे स्थानिय रेशम तिबारी बताउँ छन् । उनि भन्छन— आरक्ष हुँदा प्रतिबन्ध जस्तै रहेकोले निकुञ्ज बने पछि पर्यटन स्वत आउँन थालेका छन् , तर अझै पुर्वाधार पुगेको छैन ।

होटलहरुले जंगल सफारी सुरु गरेका छन् , भने निकुञ्ज आँफैले हात्ती सफारी सुरु गरेको छ । यति बेला हाती चढनेहरुको ठुलो भिड लाग्ने गरेको छ । बिषेश गरी शनिवार आन्तरीक पर्यटकहरुको थामी नसक्नु भिड हुँने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

दश वटा हात्ती राखेर पर्यटकलाई सेवा बिस्तार गरेको निकुञ्जले आवश्यक्ता परे अन्य हाती समेत थप गर्ने जनाएको छ । निकुञ्ज भित्रै रामोरी भाटा ठूलो धार्मीक तिर्थ स्थल समेत रहेको छ , जहाँ वर्षको तीन पटक ठुलो मेला लाग्ने गर्दछ ।

पछिल्लो समय क्षेत्र समेत थप भई आरक्ष बिस्तार भई निकुञ्जमा परिणत भए पछि ८ बटा बाघ रहेको निकुञ्जमा अहिले १८ वटा बाघको संख्या बृद्धि हुँन पुगेको छ । निकुञ्जमा जनावरहरुका लागी चरीचरण सहज बनाउँन राममोरी भाटा र प्रतापपुर जस्ता बस्ति स्थान्तरण गरेर जनावरका लागी घाँसे मैदान व्यापक बनाईएको छ ।

पर्सा निकुञ्जमा चार सय ९० प्रजातीका चरा ३७ प्रजातीका स्तनधारी , १३ प्रजातीका घस्रने ३१ प्रजातीका पुतली , ८ प्रजातीका माछा , ३ सय ३६ प्रजातीका बनस्पती , रहेका छन् । भने दुर्लभ बन्य जन्तुमा बाघ १८ , हात्ती ६५ , गौरी गाई १ सय ५ रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज बने पछि पर्यटन तयारी राम्रो बन्दै गएको बताउँदै स्थानीय अनिल तिवारीले घुम्न लायक ठाउँहरु भएकोले आँफुहरु निकुञ्जमा आउँने गरेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै