• २०८१ बैशाख १३ बिहीबार

पिएसजीको नयाँ रेकर्ड, फ्रेन्च लिगमा लगातार १२औ खेल जित्यो 

kharibot

काठमाडौँ। फ्रेन्च लिग वान क्लब पिएसजीले युरोपको लिगमा नयाँ रेकर्ड जित हासिल गरेको छ।  गएराती भएको लिगको लिलविरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित गर्दै लिगमा लगातार १२ खेल जित्दै सो रेकर्ड बनाएको हो।

पिएसजीले यो जितसँगै युरोपका उत्कृष्ट पाँच लिगमा लिगका पहिलो १२ खेल जित्ने नयाँ रेकर्ड बनाएको हो। पिएसजीको जितमा एम्बाप्पे र नेइमारले एक एक गोल गरेका थिए भने लिलेका लागि एक गोल खेलको अन्तिम मिनेटमा निकोलस पेपेले पेनाल्टीबाट गरेका थिए।   

जितपछि पिएसजी १२ खेलमा ३६ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको लिले भन्दा ११ अंकले अगाडी रहेको छ। 

पिएसजीले अब अर्को खेल आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत नापोलीसँग खेल्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै